कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु

288

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

लम्किचुहा नगरपालिका–६ गुलराका ६३ वर्षीय करण सिंह साउद र ५८ वर्षीया उनकी श्रीमती अम्बिदेवी साउदको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको छ ।

साउद नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति हुन् । श्रीमान धनगढी र श्रीमती टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकहरुको आज कर्णाली चिसापानीमा दाहसंस्कार गरिने भएको छ।

Share This:
सम्बन्धित खबर
Loading...