मोरङका ४ अस्पतालमा उपचाररत ९ जनाको मृत्यु

498

विराटनगर । मोरङका ४ वटा अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा ३, विराट नर्सिङ होम र विराट शिक्षण अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धाको मंगलबार १२ः३० बजे मृत्यु भएको अस्पतालका इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

विराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो ।

यस्तै, विराटनगर–१६ का ५२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यस्तै, धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुष, उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेलमै मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

यसैगरी, त्रियुगा–५ का ५० वर्षीय पुरुषको मंगलबार बिहान १ः३० बजे, दमक नगरपालिका–८ की ५६ वर्षीय महिलको १२ः१५ बजे, विराटनगर–१० का ६८ वर्षीय पुरुषको सोमबार राति १० बजे र तनहुँका ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको उक्त केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...