काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोनाबाट संक्रमित भएका छन् ।
८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् ।
उनलाई ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना पुष्टि भएको थियो ।
परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रसाद पुरीले जानकारी दिए ।