बाँकेमा उपचाररत थप १२ जना संक्रमितको मृत्यु

1,515

बाँके । बाँकेमा पछिल्लो २४ घन्टामा उपचाररत १२ जना संक्रमितको ज्यान गएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुमपूर्वका १ जनाको मृत्यु भएको हो ।

उनीहरुको सोमबार अपरान्ह ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म मृत्यु भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बर्दियाका ६, बाँकेका ५ र रुकुमपूर्वका १ जना छन् ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ८ बजे मृत्यु भएको हो । यस्तै, बाँके खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे, वडा नम्बर ३ का ७७ वर्षीय पुरुषको सोमबार राति ११ः१० बजे होम आइसोलेसनमा, जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको मंगलबार बिहान ४ बजे मृत्यु भएको छ ।

यसैगरी, कोहलपुर नगरपालिका–८ का ६२ वर्षीय पुरुषको सोमबार राति ७ः१५ बजे नेपालगञ्ज मेडिकल कलेजमा, नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार ५ः४० बजे मृत्यु भएको हो ।

बर्दियाको बाँसबारी नगरपालिका–५ का ६० वर्षीय पुरुष, सोही नगरपालिकाकै वडा नम्बर ९ का ७३ वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुष, बढैयाताल–१ का ८५ वर्षीय पुरुष, बढैयाताल–३ की ७८ वर्षीया महिला र बारबर्दिया–६ की ६३ वर्षीय महिलाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...