नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

598

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन् ।

देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा)लगायत दलहरुका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

देउवा निवास बूढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्रस्ताव राख्दा उनको पक्षमा ९३ मत मात्रै आएको थियो । विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...