संसदीय इतिहासमा गम्भीर राजनीतिक घटना भयो : मुख्य सचेतक भट्टराई

696

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको ह्विप उल्लंघन गम्भीर राजनीतिक घटनाकोरुपमा टिप्पणी गरेका छन् ।

एमालेका २८ जना सांसदले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन अनुपस्थित रहेका थिए ।

“पार्टीको निर्देशन उल्लंघन भनेको गम्भीर राजनीतिक घटना हो । हाम्रो संसदीय इतिहासमा नयाँ घटना हो । अनुपस्थित भएर विपक्षमा जानुलाई गम्भीरतापूर्वक लिइन्छ,” भट्टराईले भने, “पार्टी केन्द्रीय कमिटी, संसदीय दल र राजनीतिक दलसम्बन्धि ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...