काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ जना कोरोना संक्रमित

450

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७ सय ७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना गरी उपत्यकामा ३ हजार ६ सय ७ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ९ हजार २ सय ७१ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । यीमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सोमबार देशभर ४ हजार ७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ७ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७ सय ९४ जना पुगेको छ । निको हुने दर ७६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ३९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...