काठमाडौंमा जेठ २ गतेदेखि दोस्रो चरणको ‘चिनियाँ खोप’ लगाइने

540

काठमाडौं । आगामी जेठ २ गतेदेखि काठमाडौंमा दोस्रो चरणको चिनियाँ खोप ‘भेरोसेल’ लगाउन सुरु गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप सञ्चालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चि समय तोकी अभियान चलउने निर्णय गरेको हो ।

डिसिसिएमसी काठमाडौंको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै खोप लगाउन दिने निर्णय गरेको हो ।

भिडभाड नगरी खोप लगाउन आग्रह गर्दै प्रशासनले सम्बन्धित निकायलाई पत्र लेखेर पठाउने निर्णय गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...