ओलीलाई यादवको प्रश्नः आफैँले विघटन गरेको संसदबाट विश्वासको मत माग्ने नैतिकता रह्यो र ?

549

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफैँले विघटन गरेको संसदबाट विश्वासको मत कसरी माग्नुभयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि बोल्दै यादवले ओलीलाई आफैँले विघटन गरेको संसदबाट विश्वासको मत लिने अधिकार नभएको जनाउँँदै भने , “प्रधानमन्त्रीज्यू, तपाईं आफैँले विघटन गर्नुभएको संसदबाट विश्वासको मत कसरी माग्नुभएको ? तपाईंसँग अब त्यो नैतिकता रह्यो र ?’ ।

त्यस्तै, उनले बजेट र योजना बिनाको शिलान्यासलाई विकास भन्न नमिल्ने बताएका छन् । उनले भने, “आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार(हतार शिलान्यास गरेको छ, बजेट बिना र योजना बिनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।”

यतिबेला जनताको जीवनमाथि ठूलो खेलवाड भएको बताउँदै उनले यस्तो सरकारलाई कसैले विश्वास नगर्ने जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...