ओलीप्रति देउवाको कटाक्ष : विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले मत माग्नुभयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विस्वासको मत मागेको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीले आज सांसदमा विश्वासको मत मागेका छन् ।
प्रधानमन्त्री केपी ओलीजी विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत माग्नुभएको छ,” देउवाले भने । उनले संघिय लोकतान्त्रिक गणतन्त्रका विषयमा उठिरहेको प्रश्नबाट भाग्न पनि नसक्ने बताए ।
उनले कोभिडको महामारीमा रहेका नागरिकलाई वर्तमान सरकारले राज्यले दिनु पर्ने सेवा पनि दिन नसकेको बताए । उनले कोरोना महामारीसँग जुधिरहेका जनताका लागि खोप, अक्सिजनको व्यवस्था गर्नुको सट्टा सरकार खोप खरिदमा कमिसन खान नपाएर खोप नै नल्याएको आरोप लगाए ।
उनले स्वास्थ्य क्षेत्रका विज्ञहरु र विपक्षी दलहरुले दिएको सुझाव नसुनेका कारण कोरोना महामारी नियन्त्रण बाहिर पुगेको बताए । उनले ओली सरकारले संविधानको उल्लंघन गरेको बताए ।