जनताको जीवनरक्षा पहिलो प्राथमिकतामा : प्रधानमन्त्री ओली

439

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताएका छन् ।

सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो विषम् परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताए । उनले कोभिडविरुद्धको लडाइमा रहेको केला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताए । “मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,” प्रधानमन्त्रीले भने ।

साथै उनले हाम्रा चिन्तन, प्रयास, ध्यान र प्रयास जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसमा केन्द्रित हुन नसकेको बताए ।

“सरकार आफ्ना ध्यान कोभिड–१९ विरुद्धको लडाइमा केन्द्रित गर्न चाहेको थियो । विकासका प्रश्नहरुमा केन्द्रित गर्न चाहेको थियो । सामाजिक जनजिवनमा बढी क्षति र खलबलाहट हुन नपाओस्, अर्थतन्त्रमा प्रतिकुल असर न्यून गर्न सकियोस् यस कुरामा सरकार लाग्यो,” प्रधानमन्त्री ओलीले भने, “तर, सरकारले अनेक अप्ठ्यारा सामना गर्नुपर्यो ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राष्ट्रियता, सार्वभौमसत्ता र उपलब्धिका पक्षमा अहिलेसम्मकै व्यवहारिकरुपमा सुदृढ काम गरेको दाबी गरे । उनले यस्तो सरकारलाई विश्वासको मत नदिनुको अर्थ के हुन्छ, भन्दै प्रधानमन्त्री ओलीले औचित्यको आवश्यकताका आधारमा विधिन्न विधान र कानुनका मस्यौदाहरु पनि परिवर्तन गर्न सकिने बताउँदै संविधान अपरिवर्तनीय दस्तावेज नभएको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...