खनाल–नेपाल समूहका ४ नेता मतदानको पक्षमा

1,371

काठमाडौं । एमालेका चार युवा नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएका छन् ।

नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा उभिएका हुन् ।

उनीहरु राजीनामाको विपक्षमा उभिएपछि नेता माधव कुमार नेपाल अप्ठ्यारोमा परेका छन् । स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको हो ।

पार्वती विशुन्खे, समीना हुसेनलगायत केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

घनश्याम, योगेशलगायतका नेताहरु अलग्गै बैठकमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...