काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसद्हरु सिंहदरबारमा भेला भएका छन् ।
‘कठोर निर्णय’का लागि बैठक बस्न लागेको हो । सिंहदरबारमा संसद् सचिवालयमा जम्मा भएर उनीहरुले राजीनामाको निर्णय गर्न सक्ने बताइएको छ ।
नेपाल पक्षका कतिजना सांसद्ले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर, पाटी विभाजन नै हुने भएपछि समानुपातिक सांसद्ले पनि राजीनामा दिने तय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट कुनै पनि‘रेस्पोन्स’नआएपछि अहिले खनाल समूहका सांसद्हरु सिंहदरबारमा जम्मा भएका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाएको संसद्को विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।