काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा (एमाले)ले आफ्ना सांसद्हरुलाई ‘ह्विप’ जारी गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसद्हरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीलाई विश्वास मत दिन आग्रह गरेका छन् ।
एमाले फुटको संघारमा पुगेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । पार्टीभित्रको विवाद समाधान र फुटलाई जोगाउन अहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधव कुमार नेपाल समूहबीच लगातार छलफल र वार्ता भइरहेको छ ।
