मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा, प्रदेश प्रमुख पौडेलद्वारा स्वीकृत

457

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरूङले नेपालकाे संविधानकाे धारा १६९ काे उपधारा(१)(क) अनुसार प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

 आइतबार नेकपा (एमाले) संसदीय दलको बैठक बसेको थियो ।

यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । साथै उनले धारा १६८ काे उपधारा २ बमाेजिम ३ दिनभित्र सरकार गठन गर्न पनि  आह्वान गरेकाे प्रदेश प्रमुखकाे कार्यालद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...