मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

510

बुटवल । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लव कुमार पुनका अनुसार आज बिहान ११ः३० बजे ४० जना सासद्ले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

“प्रदेश सभाका ४० जना माननीयहरुको हस्ताक्षरसहित बिहान ११ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको छ,” सचिव पुनले भने ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका सासद्हरुले अविस्वासको पक्षमा हस्ताक्षर गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...