कैलालीमा कोरोनाबाट थप ६ जनाको मृत्यु

327

कैलाली । कोरोना संक्रमणबाट कैलालीमा थप ६ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र  धनगढीकै निजी अस्पतालमा गरी थप ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीया महिला, वडा नम्बर १८ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै, टीकापुर अस्पतालमा टीकापुर नगरपालिका–१ का दुई जना ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

धनगढीको एक निजी अस्पतालमा कैलाली लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार राति मृत्इु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...