कोरोना संक्रमणबाट एकैदिन २ वडाअध्यक्ष र नगरप्रमुखको मृत्यु

1,404

काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन दुई वडा अध्यक्ष र एक नगर प्रमुखको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बाजुराका बडीमालिका नगरपालिका–९ का ३५ वर्षीय वडाध्यक्ष विनोदकुमार विकको मृत्यु भएको छ । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।

यस्तै शङ्खरापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए ।

यस्तै थप कोरोना महामारीका कारण डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओम बहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ । बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...