वीरको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

408

काठमाडौं । वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको युनिफाइड कोभिड–१९ अस्पताल बनाइने भएको छ । आज बसेको मन्त्रपिरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

केही दिनअघि सिसिएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो ।

शनिबार साँझ बालुवाटारमा बसेको बैठक कोभिड–१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...