सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्थामा परिणत गर्‍यो : देउवा

647

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्थामा परिणत गरेको आरोप लगाएका छन् ।

शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सरकारले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको समेत बताएका छन् ।

“उपसभामुखको चुनाव अहिलेसम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुःख दिनका लागि मनपरी किसिमले अध्यादेश ल्याइएको छ । ब्ल्याकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई परिणत गरेको छ,” सभापति देउवाले भने ।

बैठकले वैसाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पुग्न नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहललाई जारी राख्ने समेत निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै कुनै राजनीतिक कदम चाले के गर्ने भन्नेबारेमा समेत चर्चा चलेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...