२४ घन्टामा ५३ जनाको मृत्युः थपिए ८ हजार ४१८ जना संक्रमित, ३ हजार ३७० कोरोनामुक्त

काेराेना अपडेट

568

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएकाे छ भने ५३ जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ३ सय १५ आरटी पिसिआर र ९ सय ८९ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट ८ हजार २ सय ८७ र एन्टिजेन विधिबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्यावधिक विवरणमा जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार २ सय ७०, ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ जना गरी उपत्यकामा ३ हजार १ सय १३ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ५८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

शनिबार देशभर ३ हजार ३ सय ७० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ३ हजार ३ सय ७० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना पुगेको छ । निको हुने दर ७७.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...