कास्की प्रहरीले पोखराबाट संकलन गर्‍यो १८७ वटा अक्सिजन सिलिन्डर

583

कास्की । कास्की प्रहरीले कोरोना संक्रमितलाई अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यका साथ पोखराका विभिन्न स्थानबाट १ सय ८७ वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै संक्रमित बिरामीहरुका लागि अक्सिजनको चरम अभाव देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट पोखराका विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुबाट उक्त संख्यामा अक्सिजनका सिलिन्डर संकलन गरेको हो ।

संकलन गरिएका सिलिन्डरहरु पछि सम्बन्धित व्यक्ति तथा संस्थालाई फिर्ता गरिने कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हाल संकलन गरिएका ती सिलिन्डरलाई अहिले अक्सिजन भर्नका लागि पोखरा अक्सिजन प्रालि र काली गण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । साथै उनले अन्य कम्पनी तथा व्यक्तिहरुसँग त्यस्ता अक्सिजन सिलिन्डर भए अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराइ सहयोग गर्न समेत आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...