गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

444

कास्की । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका २ र पर्वतका १ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया संक्रमित महिलाको शुक्रबार बेलुका ५ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, पोखरा–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७ः२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । वैशाख ७ गते कोरोना पुष्टि भएका पुरुषको शुक्रबार साँझ ५ः१८ बजे ज्यान गएको हो ।

योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...