काठमाडौं । नेकपा एमालेका सांसद् महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका बस्नेत हाल होम आइसोलेसनमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने भएपछि सबै सांसद् तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो ।
जसमा बस्नेतसहित १४ जना सांसद् तथा कर्मचारी गरी ६५ जनामा संक्रमण पुष्टि भएको थियो ।