झापामा आइतबार रातिदेखि एक सातासम्म निषेधाज्ञा

511

झापा । झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले वैशाख २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य भएको जानकारी दिए ।

जिल्ला शुक्रबार बसेको डिसिसिएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निणर्य भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वसाधारण, कार्यालय सञ्चालन र सभा सम्मेलनको हकमा छुट्टाछुट्टै निणर्य गरेको छ ।

सर्वसाधारणका लागि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्न, भेला, जुलुस, सभा–सम्मेलन, छलफल गोष्ठी नगर्न भनेको छ ।

त्यस्तै, हाट, बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोजलगायत भिडभाड हुने कार्य नगर्ने–नगराउने आदेश गरिएको छ ।

त्यस्तै, यातायत सञ्चालनको हकमा जोरविजोर प्रणाली लागु गर्ने निणर्य भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...