रुपन्देहीमा निषेधाज्ञा उल्लङ्घन गर्ने ८ जनालाई कैद

264

बुटवल । रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेमाथि कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार ८ जनालाई सम्झाइ बुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई डिउटीमा बाधा अबरोध पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको थियो । उनीहरूमध्ये ७ जना पुरुषहरूलाई एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही रु ९ हजार १ सय र १ जना महिलालाई जरिवाना बापत रु ६ सय जरिवाना तोकिएको थियो ।

तीमध्ये ५ जनाहरूलाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना कारागार चलान भएका छन् । एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप को रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...