बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु

1,486

बाँके । बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार गराइरहेका थप ८ जना संक्रमितको मृत्यु भएको छ । उनीहरुको मृत्यु गएराति ९ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अनुसार गएराति ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षीय पुरुष संक्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको ५ मिनेट पछि कोहलपुर–११ निवासी ४३ वर्षीया महिलाको पनि मेडिकल कलेजमै र नेपालगञ्ज–४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

नेपालगञ्ज–९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा १० बजे मृत्यु भएको तथा बर्दिया, बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा बिहान १ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

यस्तै, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुषको बिहीबारबार बिहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका–१ कैलालीका ४३ वर्षीय पुरुषको बिहान ७ः५० बजे तथा खजुरा गाउँपालिका–२ का ६७ वर्षीया महिलाको बिहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

कोरोना संक्रमणबाट हालसम्म बाँकेका मात्र १ सय ६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका १ सय ९ जना गरी २ सय १५ जनाको मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...