कोरोना विशेष अस्पताल बुटवलमा ३ जना संक्रमितको मृत्यु

703

रुपन्देही । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको छ ।

उनीहरुको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो । तीन जना बिरामीहरुको मृत्यु आधा घन्टाको बीचमा भएको हो ।

प्रादेशिक अस्पतालका अनुसार बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे मृत्यु भएको थियो । त्यस्तै २ः४५ बजे बुटवल–१४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

त्यसैगरी ३ बजे मायादेवी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ।

Share This:
सम्बन्धित खबर
Loading...