काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काको पद रिक्त भएको छ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचनापत्र जारी गर्दै सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन् ।
खड्का नेकपा (एमाले)को केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।
उनलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र दलका संसदीय दलका नेता दिनानाथ शर्माले सचिवालयमा दर्ता गराएका थिए ।