काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
मंगलबार गरिएको पिसिआर परीक्षणमा केही केन्द्रीय सदस्य, सचिवालयका एक जना सदस्य, तीन जना सुरक्षामा खटिएका कर्मचारीलाई कोरोना पुष्टि भएपछि केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।
मुख्य सचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “बैठक तयारीका क्रममा गरिएको पिसिआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवम् केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ ।”
पछिल्लो राजनीतिक अवस्था र आसन्न १४औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।