आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २८ वर्ष कैद

577

सिंगापुर, एजेन्सी । झन्डै साढे सात वर्षसम्म लगातार आफ्नी छोरीलाई बलात्कार गर्दै आएका सिंगापुरका एकजना पुरुषलाई हालै अदालतले २८ वर्ष लामो कारावास र चौबिस कोर्राको सजाय सुनाएको छ ।

ती ४४ वर्षीय व्यक्तिले घरमा आउने छोरीको मिल्ने साथीमाथि पनि यौन दुर्व्यवहार गर्ने गरेको बुझिएको छ । अहिले १३ वर्ष पुगेकी छोरीलाई ९ देखि ११ वर्षको उमेरबीच कम्तिमा २० पटक बलात्कार गरेको उनले स्वीकार गरेका छन् ।

साथै उनले आफ्नी छोरीलाई अनगन्ती पटक मुख मैथुन गर्न पनि बाध्य पारेका थिए । बाबु छोरी दुवैको परिचय खुलाइएको छैन । युरोपेली संघका न्यायाधीश म्याभिस चिनोहले उनीविरुद्ध आफ्नो नाताको अधिकार र विश्वासको दुरुपयोग गरेको, कम उमेरकी अर्थात् नाबालिकालाई शिकार बनाएको, घृणित अपराधको तानावाना बुनेको एवम् असुरक्षित यौन कार्य गरेका जस्ता अभियोग लगाएकी थिइन् ।

चिनोहले यस घटनाको कारण ती निर्दोष बालिकाको चञ्चल बाल्यकाल आफ्नै पिताद्वारा छिनिएको र उनको मन एवम् मस्तिष्कमा दीर्घकालिन डर त्रास पैदा गरेको बताएकी छन् ।

एकपटक आफ्नै शयन कक्षमा चलचित्र हेर्ने क्रममा उनले छोरीका साथीलाई एकैपटक यौन दुर्व्यवहार गरेका थिए । सो दिनदेखि छोरीका साथी तिनीहरुको घर आउन छाडेको बताइएको छ । उनका सानो छोरा र पत्नी छन् । उनले पहिलोपटक छोरीलाई ३ देखि ७ वर्ष उमेरबीच यौन आक्रमण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...