मास्कको प्रयोग नगर्ने यात्रुलाई १ घन्टा ‘होल्ड’

630

दाङ । दाङको घोराहीमा मास्क नलगाउने सर्वसाधारणलाई होल्ड गर्न थालिएको छ ।

कोरोनाको महामारी चलिरहेको बेला आफ्नो स्वास्थ्य सुरक्षा अपनाउनका लागि र कोरोनाबाट बच्नको लागि वडा प्रहरी कार्यालयको टोली आफैँ फिल्डमा खटेर यो अभियान चलाइरहेको छ ।

बाटोमा हिँड्ने पैदलयात्री तथा सवारी साधनमा यात्रा गरिरहेका अन्य व्यत्तिलाई पनि मास्क नलगाएको पाइएमा अवस्था हेरेर १ घन्टा सम्म होल्ड गर्ने र मास्क वितरण गरी सम्झाइ–बुझाइ गरेर छोड्ने गरिएको प्रहरीले जनाएको छ ।

प्रत्येक दिन फरक–फरक ठाँउमा यो अभियान चलाइने पनि प्रहरीको भनाइ छ । मंगलबार घोराहिको सहिद गेटमा होल्डिङ सेन्टर बनाइ मास्क नलगाएकाहरुलाई होल्ड गरिएको थियो । ‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने मूल नारासाथ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नियम पालना गर्नुपर्ने भएकाले यस्तो अभियान थालिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...