पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजन सपोर्टमा राखेर उपचार जारी

941

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ ।

नर्भिक इन्टरनेसनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उद्देश्यले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको विज्ञप्तिमा उल्लेख छ । उनीहरुसँगै भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरण शाहलाई भने अक्सिजनको सपोर्ट दिइएको छैन ।

उनीहरु तीनै जनाको स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा दम्पती वैशाख ११ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...