सत्तारुढ दलका सांसदद्वारा बैठक अवरुद्ध, २० मिनेटका लागि स्थगित

618

कास्की । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सत्तारुढ दलका सांसदहरुले नै बैठक अवरुद्ध गरेपछि २० मिनेटका लागि स्थगित भएको हो ।

सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक सुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ ।

कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...