त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि प्रतिबन्ध

602

काठमाडौं । बुधबार मध्यरातबाट तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन तथा त्रिभुवन विमानस्थललाई ट्रन्जिटको रुपमा प्रयोग गरेर यात्रा गर्ने विदेशी नागरिकको आवागमनमा रोक लगाइने भएको छ ।

अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका कारण वैशाख १५ गते राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि यात्रामा प्रतिबन्ध लगाएको हो ।

विभागले नेपाललाई अन्तिम गन्त्यव्य बनाएर आउने र नेपालबाट बाहिर जाने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने प्रष्ट पारेको छ ।

Image

Share This:
सम्बन्धित खबर
Loading...