कर्णालीका ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसद् पदमुक्त

373

सुर्खेत । नेकपा (एमाले)बाट निर्वाचित कर्णाली प्रदेशसभाका चार जना सांसद्को पद रिक्त भएको छ ।

प्रदेशसभाको जारी बैठकमा आज सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै चार सांसद्को पद रिक्त भएको घोषणा गरे ।

दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वालाको पद रिक्त भएको छ ।

महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन फ्लोर क्रस गरी मतदान गरेका उनीहरूलाई एमालेले सांसद्‍बाट निष्काशन गरेको थियो । ज्वालाबाहेक तीनजना मन्त्री छन् ।

Share This:
सम्बन्धित खबर
Loading...