मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मंगलबार मतदान

292

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार मतदान हुने भएको छ ।

यही वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सोमबार सदनमा पेस भई छलफल सुरु भएको छ । प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द पोखरेललगायत केही सांसदले छलफलमा भाग लिएपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

मंगलबार थप केही सांसद्ले प्रस्तावमाथि आफ्नो धारणा राख्ने र मुख्यमन्त्री गुरुङले जबाफ दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

गुरुङविरुद्ध यही वैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले विशेष अधिवेशन माग गर्दै अविश्वासको प्रस्ताव राखेका थिए ।

गण्डकी प्रदेशसभा ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ मत आवश्यक छ । अहिले कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरुले बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...