२४ घन्टामा थपिए ३,५५६ संक्रमित, १२ जनाको मृत्यु

काेराेना अपडेट

504

काठमाडौं । २४ घन्टामा देशभरबाट ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार देशभर १३ हजार २ सय ९३ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ३ हजार ५५६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यीमध्ये २२ हजार ४३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना गरी उपत्यकामा १ हजार ९ सय १२ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २६८ जना र भेन्टिलेटरमा ७८ जना उपचाररत छन् ।

मंगलबार देशभर ३७८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ३७८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७७ हजार ९ ५१ जना पुगेको छ । निको हुने दर ९१.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...