निषेधाज्ञाबारे उपत्यकाका सिडियो अनिर्णित

926

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ ।

सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी एक–दुई दिन भित्रदेखि नै लागु हुने गरी कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले बन्दको निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कनका लागि समय दिइने र निर्णय भने एक–दुई दिनपछि मात्र लागु हुन सक्ने बताए ।

उनले कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाइ गर्न लागिएको बताए । त्यस्तै नागरिकलाई सहज होस भनेर केहि क्षेत्र भने खुला गर्न सकिने पराजुलीले बताए ।

उनले कोरोना नियन्त्रण र रोकथानका लागि अनुगमन र माइकिङ लगाएतलाई तीव्रता दिएपनि त्यसले पनि नपुग्ने भएकाले कडाइ गर्न लागिएको उल्लेख गरे ।

कडाइका क्रममा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...