काठमाडौं महानरले सञ्चालन गर्यो ‘वाटर एटिएम’

518

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा ‘वाटर एटिएम’ सेवा विस्तार गरिएको छ ।

सोमबार काठमाडौंको नयाँ बानेश्वर र शंकपार्कमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना गरिएको हो ।

बानेश्वरमा वाटर एटिएमका साथै अत्याधुनिक शौचालय र शंकपार्कमा वाटर एटिएम स्थापना गरि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीले उद्घाटन गरे ।

करिब दुई करोडको लागतमा काठमाडौंका विभिन्न १५ स्थानमा वाटर एटिएम राख्ने योजना अनुसार सेवा विस्तार गरिएको महानगरका प्रमुख शाक्यले बताए । जनताको माग अनुसार आवश्यक स्थानमा यसलाई विस्तार गरिने उनले बताए । त्यस्तै शाक्यले सार्वजनिक जग्गाको संरक्षणमा पनि महानगरले जोड दिने धारणा राखे ।

महानगरले वाटर एटिएमको लागि २०७६ चैत १० गते नै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सम्झौता गरेको थियो।

Share This:
सम्बन्धित खबर
Loading...