काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको बैठक आज, निषेधाज्ञाबारे निर्णय हुने

204

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्यूनिकरणका लागि के गर्न सकिन्न भन्नेबारे छलफल गर्न सिडिओहरुको बैठक बस्न लागेको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले ५ सयभन्दा बढी संक्रकित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपु र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

यी तीन वटै जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् ।

कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे छलफल गरी निर्णयमा पुगिने ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...