नेपाल सुपर लिग : विराटनगर र लुम्बिनीको विजयी सुरुवात

402

काठमाडौं । विराटनगर एफसी र बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को सानदार जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक–एक गोल गरे ।

खेलको १६औँ मिनेटमा विक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५७औँ मिनेटमा सोमिडेले तथा ६९औँ मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३–० को जित दिलाए ।

यस्तै आइतबार नै भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्स एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

बुटवललाई जित दिलाउन अर्मान्ड बेडुमले एक गोल गरे । यस्तै बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो । यस जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार एक खेल हुनेछ । सोमबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...