२४ घन्टामा ३,१२२ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १,४९८ थपिए

747

काठमाडौं । २४ घन्टामा देशभरबाट ३ हजार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अनुसार देशभर ९ हजार २ सय ९२ पिसिआर र ७ सय ८६ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ३ हजार १ सय २२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । यीमध्ये १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ६० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार ४ सय ९८ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २ सय ५२ जना र भेन्टिलेटरमा ६५ जना उपचाररत छन् ।

बिहीबार देशभर ४ सय ५० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ४ सय ५० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७७ हजार ५ सय ७३ जना पुगेको छ । निको हुने दर ९२.२ प्रतिशत रहेको छ ।

प्रवक्ता गौतमका अनुसार आज कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...