आइपिएल २०२१ : कोलकातालाई ६ विकेटले पराजित गर्दै राजस्थान छैटौँ स्थानमा

272

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई विकेटले पराजित गर्दै छैटौँ स्थानमा उक्लिएको छ ।

कोलकाताले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

राजस्थानको जितमा सञ्जु सामसनले अविजित ४२ रनको योगदान दिए । यस्तै, यजश्वी जैसवाल र शिभम् दुबेले समान २२–२२ तथा डेविड मिलारले २४ रनको नटआउट पारी खेले ।

मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । कोलकाताका राहुल त्रिपाठीले ३६, दिनेश कार्तिकले २५, नितिश रानाले २२, शुभमन गिलले ११ तथा प्याट कमिन्सले १० रन बनाए ।

राजस्थानका क्रिस मोरिसले ४, मुस्ताफिजुर रहमान, चेतन सकरिया र जयदेव उनादकतले समान १–१ विकेट लिए ।

जितसँगै पुछारमा रहेको राजस्थान छैटौँ स्थानमा उक्लिएको छ भने पराजित कोलकाता पुछारमा पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...