धरहरा भत्किँदा बाँचेकी रमिला श्रेष्ठलाई सम्मान

311

काठमाडौं । २०७२ वैशाख १२ गते भूकम्पले धरहरा भत्किँदा बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

शनिबार पुनःनिर्मित धरहराको उद्घाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो ।

धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्ने क्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले धरहरा पूर्णरुपमा क्षति पुगेको थियो । सो भूकम्पबाट धरहरामा मात्रै ६० जनाको ज्यान गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...