६ वर्षपछि ठडियो धरहरा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

353

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ ।

भूकम्पले क्षति पुर्याएको धरहरालाई यथावत् स्थानमा राखेको त्यसको नजिकै नयाँ धरहरा बनाइएको हो । २०७५ सालको कात्तिकमा धरहराको निर्माण सुरु भएको थियो ।

नवनिर्मित धरहरा २२ तलाको छ । धरहराको निर्माल लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ ।

धरहरा आज उद्घाटन गरिएपनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...