आइपिएल २०२१ : डिफेन्डिङ च्याम्पियन मुम्बइमाथि पञ्जाबको फराकिलो जित

389

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स पञ्जाब किङ्ससँग विकेटले पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मुम्बइले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेट जित हासिल हात पार्यो ।

पञ्जाबको जितमा लोकेश राहुल र क्रिस गेलले नटआउट ६० र ४३ रनको पारी खेले । यस्तै, मयंक अग्रवालले २५ रन बनाए ।

यसअघि, चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बइले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो ।

मुम्बइका कप्तान रोहित शर्माले ६३, सूर्यकुमार यादवले २२ तथा किरोन पोलार्डले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

जितसँगै पञ्जाबले ५ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै पराजित मुम्बइ चौथो स्थानमा छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...