पुलिसलाई पराजित गर्दै न्यु डाइमन्ड फाइनलमा

387

काठमाडौं । न्यु डाइमन्ड स्पोर्ट्स क्लब भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा न्यु डाइमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाएको हो ।

भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलको पहिलो सेटमा २५–१० अंकले विजयी भएको न्यु डाइमन्ड दोस्रो सेटमा १९–२५ ले पराजित भएको थियो ।

तेस्रो र चौथो सेट २५–१२ र २५–१९ को अंकले विजयी हुँदै फाइनलमा पुगेको हो ।

न्यु डाइमन्डले उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...