जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन्
शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले केपि ओली दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीको दम्भ धरहराभन्दा अग्लो भएको उनको टिप्पणी छ । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए ।
उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, संघीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।
पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा (एमाले) नै रहेको स्पष्ट पारे ।