काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन् ।
स्थायी कमिटी सदस्यमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेताहरु भने छैनन् ।
स्थायी कमिटीमा, ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल रहेका छन् ।
यसैगरी, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल, पुष्पराज कँडेल, मणि थापा र किरण गुरु सदस्य रहेका छन् ।